विप्लवका समर्थकलाई पक्राउ गर्न गृहमन्त्रालयको निर्देशन | ईमाउण्टेन समाचार

Our Network

असार २४ २०८३, बिहीबार

काठमाडौं, २३ कार्तिक । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन बिथोल्ने उद्घोष गरेको विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले मुलुकभरका स्थानीय तहका पदाधिकारी तथा उम्मेदवारलाई धम्की दिदैं चन्दा असुली थालेका छन्।

पछिल्लो समय उनीहरुले मतदातालाई समेत निसानामा पार्ने रणनीति बनाएका छन् । विप्लव कार्यकर्ताले मतदातालाई मतदानमा अवरोध गर्ने, मतदानस्थल वरपर विस्फोटक पदार्थ राखेर आतंक मच्चाउने र व्यक्तिगत रुपमा मतदातालाई धम्क्याउने रणनीति बनाएको स्रोतले बताएको छ। उनीहरुले स्थानीय तहका पदाधिकारी र उम्मेदवारलाई निर्वाचन वहिष्कार गर्ने आफ्नो पार्टीको नीतिलाई सहयोग गर्न भन्दै पत्र लेखेका छन्।

तर, पत्रमा चन्दा दिनुपर्ने भने उल्लेख छैन। गृहमन्त्रालयले निर्वाचन विरोधी गतिविधि गर्ने जोकोहीलाई तत्काल पक्राउ गर्न जिल्ला सुरक्षा समितिलाई निर्देशन दिएको छ। गृह प्रवक्ता नारायणप्रसाद दुवाडीले विप्लवका कार्यकर्तामाथि निगरानी बढाउन र निर्वाचनविरोधी गतिविधिमा संलग्न भएको पाइए तत्काल कारवाही गर्न निर्देशन दिइएको बताए। – अन्नपूर्ण पोस्ट दैनिकबाट

ताजा समाचार