बाम गठबन्धन ठगहरुको झुण्ड भएको उपेन्द्र यादवको आरोप | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

सप्तरी ४, मंसिर। संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले एमाले र माओवादीको बाम गठबन्धन ठगहरुको झुण्ड भएको टिप्पणी गरेका छन् । झुट बोलेर ठग्ने र जनतालाई गुमराह गर्ने पार्टीहरु कम्युनिष्ट हुनै नसक्ने यादवले बताए ।

निर्वाचन क्षेत्र २ को छिन्नमस्ता गाउँपालिका वड़ा न। ३ गोविन्दपुरमा फोरम नेपाल र राजपाको संयुक्त सभालाई सम्बोधन गर्दै यादवले भने, ‘वाम गठबन्धन मधेशसहित पूरै देशको लागि घातक छ ।ढोंगको खोल ओडेका कम्युनिष्टहरुको असली चरित्र जनताले बुझ्न जरूरी छ ।’

अध्यक्ष यादवले सिंहदरबारले मधेशलाई देख्नै नचाहेको टिप्पणी गरेका छन् । मधेशप्रति सिंहदरबारको नियत ठीक नभएको यादवले आरोप लगाए । यादवले भने, ‘मधेशमाथि कसैले कुदृष्टि राख्ने दिन गयो । जुनसुकै विरोधी शक्तिलाई जवाफ दिन मधेश सक्षम र तयार छ ।’

मधेशमा बहुमत ल्याएर संविधान संशोधन गराई छाड़ने दाबी गरेका छन् । त्यसका लागि मधेश गठबन्धनलाई विजय गराउन आम जनतालाई अपिल समेत गरेका छन् ।

सोही कार्यक्रममा छिन्नमस्ता गाउँपालिकाको नेपाली कांग्रेसका संयोजक जिब्रील मियाँले फोरम नेपाल र राजपाको मधेश गठबन्धनलाई समर्थन गरेका छन् ।

नेता मियाँले कांग्रेसको केन्द्रीय निर्देशन अनुसार यादवको पक्षमा मसाल चिह्नमा भोट हाल्न कांग्रेसका नेता तथा कार्यकर्तालाई आह्वान गरेका हुन् ।
सप्तरीको निर्वाचन क्षेत्र न। २ मा प्रतिनिधि सभा सदस्य पदका लागि उपेन्द्र यादवलाई कांग्रेसले यसअघि नै समर्थन गरिसकेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);