लोकतन्त्र र संघीयता रक्षाको लागि लडाईको मैदानमा छुः उपेन्द्र यादव | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

लोकतन्त्र र संघीयता रक्षाको लागि लडाईको मैदानमा छुः उपेन्द्र यादव

बारा । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष एवं बारा क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्यका उम्मेदबार उपेन्द्र यादवले संघीयता र लोकतन्त्र विरोधी शक्ति सक्रिय भएकोले उपलब्धी रक्षाको लागि आफू लडाईको मैदानमा उत्रेको बताएका छन् ।

चुनाव प्रचार अभियानको क्रममा बाराको महागढीमाईमा आयोजित गठबन्धनको सभालाई सम्बोधन गर्दै अध्यक्ष यादवले भने,– ‘ऐतिहासिक जनआन्दोलन, माओवादी जनविद्रोह र मधेश विद्रोहबाट प्राप्त उपलब्धि समाप्त पर्ने खेल भइरहेकोले तिनै उपलब्धि रक्षाको लागि म लडाईको मैदानमा उभिएको हुँ ।’

विभिन्न जनविद्रोहबाट प्राप्त उपलब्धिको रक्षा चुनौतीपूर्ण बनेको भन्दै अध्यक्ष यादवले आमजनता परिवर्तनको पक्षमा मतदान गर्नेमा आफू ढुक्क रहेको बताए ।
इतिहासको पीँधमा बिसर्जन भइसकेको राजतन्त्रलाई फर्काउन राजावादी र अन्यत्रबाट परिचालित कुतत्वहरुले संघीयता र परिवर्तनकारी शक्तिमाथि प्रहार गरेर अघि बढ्ने दाऊमा रहेको दाबी गर्दै अध्यक्ष यादवले गठबन्धन दलको साझा उम्मेदबारलाई मदतान गर्न आमजनतालाई आह्वान गरे ।

बारा क्षेत्र नंं २ अन्तर्गत गाउँगाउँमा पुग्दा त्यहाँ जनताको अवस्था अत्यन्तै दयनीय, गरिबी, अशिक्षा र बेरोजगारीको भुमरीमा पिल्सिएको बताउदै अध्यक्ष यादवले बारासहित सिंगो मधेशको विकास र परिवर्तनका लागि आफूले कुनै कसर बाकी नराख्ने प्रतिबद्धता जाहेर गरेका छन् ।

यही अवस्थामा जनताले आर्थिक संकटबाट पार पाउन नसक्ने ठहर गर्दै कृषि क्षेत्रमा आर्थिक सबलिकरणका लागि किसानलाई खेतमा सिचांई र मलको उत्पादन र उपलब्धता मुलुकमा यथासिघ्र सुरू गर्नु पर्नेमा उहाँको जोड थियो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);