मधेसी जनताको मताधिकार बञ्चित गर्ने अधिकार कसैलाई छैनः उपेन्द्र | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

मधेसी जनताको मताधिकार बञ्चित गर्ने अधिकार कसैलाई छैनः उपेन्द्र

२५ जेठ, काठमाडौं । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले कसैले चाहेर स्थानीय तहको दोस्रो चरणको निर्वाचन रोक्न नसक्ने बताउनुभएको छ ।

मधेसी जनताको मताधिकार बञ्चित गर्ने अधिकार कसैलाई छैनः उपेन्द्र

२५ जेठ, काठमाडौं । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले कसैले चाहेर स्थानीय तहको दोस्रो चरणको निर्वाचन रोक्न नसक्ने बताउनुभएको छ ।

बिहिबार राजधानीमा आयोजित कार्यक्रममा अध्यक्ष यादवले मधेसी जनतालाई मतदानबाट बञ्चित गराउने अधिकार कसैलाई नभएको भन्दै अब कसैले चाहँदैमा निर्वाचन नरोकिने बताउनुभयो । मधेशका जनता निर्वाचन, समृद्धि र विकासको पक्षमा रहेको भन्दै उहाँले त्यसमा राष्ट्रिय जनता पार्टीको पनि साथ रहने विश्वास व्यक्त गर्नुभयो ।

अध्यक्ष यादवले निर्वाचनमा राष्ट्रिय जनता पार्टीसँग तालमेल गरेर जान आफ्नो पार्टी तयार रहेको पनि स्पष्ट पार्नुभयो । निर्वाचनको वातावरण बनाउन तत्काल संविधान संशोधन विधेयक पारित गर्नुपर्ने उहाँको भनाइ थियो ।

उहाँले संविधान संशोधन गरेर सबैको मागलाई सम्बोधन नगरे जनताको विद्रोह, संघर्ष र बलिदानबाट प्राप्त गणतन्त्र, संघीयता र समावेशी लोकतन्त्र जस्ता उपलब्धि धरापमा पर्ने चेतावनी समेत दिनु भयो । अध्यक्ष यादवले मधेश आन्दोलनका क्रममा जेल परेका बन्दीको तत्काल रिहा र झुटा मुद्दा खारेज सरकारसँग माग गर्नुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);