संविधान संशोधन नभए सरकारबाट बाहिरिने उपेन्द्र यादवको चेतावनी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

संविधान संशोधन नभए सरकारबाट बाहिरिने उपेन्द्र यादवको चेतावनी

काठमाडौं, ३० जेठ । नवगठित समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन तत्काल नगरे सरकारबाट बाहिरिने चेतावनी दिनु भएको छ । उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री समेत रहनु भएका यादवले संविधान संशोधन गर्ने सर्तमा आफूहरु सरकारमा सहभागी भएको उल्लेख गर्दै अव पनि संशोधन नभए बाहिरिने चेतावनी दिनु भएको हो ।

बिहीबार अपरान्ह दल दर्ताका लागि कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालय पुग्नु भएका उहाँले संविधानमा रहेका त्रुटि, कमी कमजोरी र कतिपय उल्टापाल्टालाई पनि सच्याउन संविधान संशोधन गर्नुको विकल्प नरहेको पनि स्पष्ट पार्नु भयो । अध्यक्ष यादवले संविधान संशोधन गर्ने आश्वासन दिएकाले सरकारबाट बाहिरिने काम अहिलेसम्म नभएको पनि बताउनु भयो ।

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रसँग संविधान संशोधन गर्ने लिखित सहमति पछि यादव नेतृत्वको तत्कालीन संघीय समाजवादी फोरम, नेपाल सरकारमा सहभागी भएको थियो । सोही सहमति कार्यान्वयन गरेर अघि बढदा देश र जनताको हित हुने अध्यक्ष यादवको दावी छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);