समाजवादी पार्टी, नेपालद्वारा दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

समाजवादी पार्टी, नेपालद्वारा दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन

समाजवादी पार्टी, नेपाल

काठमाडौं, ३० जेठ । नवगठित समाजवादी पार्टी, नेपालले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ । पार्टीका अध्यक्ष उपेन्द्र यादव तथा पार्टीका संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले बिहीबार अपरान्ह निर्वाचन आयोगमा पुगी दल दर्ताका लागि निवेदन दिनु भएको हो ।

संविधान र कानुनी प्रावधान अनुसार निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिइएको पार्टीका संघीय परिषदका अध्यक्ष भट्टराईले जानकारी दिनु भयो । संघीयताको पूर्ण कार्यान्वयन गरेर मुलुकलाई सुशासन र समृद्धिको बाटोबाट अघि बढाउँदै समाजवादमा पु¥याउने लक्ष्यसहित तत्कालीन यादव नेतृत्वको संघीय समाजवादी फोरम, नेपाल र भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी, नेपालबीच एकीकरण भई गत बैशाख २३ गते समाजवादी पार्टी, नेपाल घोषणा गरिएको थियो ।

समाजवादी पार्टी, नेपालले निर्वाचन चिन्ह भने दल दर्ताका लागि दिएको निवेदनमा उल्लेख गरेको छैन । त्यसलाई केही दिनमै टुंगो लगाएर निर्वाचन आयोगमा बुझाउने पनि पार्टीले जनाएको छ ।

 

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);