पार्टी विभाजन पछिको एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

पार्टी विभाजन पछिको एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दै

काठमाडौं । नेकपा एमाले छुट्टिएर नेकपा (एकीकृत समाजवादी) बनाएर माधव कुमार नेपाल लगाएतका नेता गएपछीको पहिलो एमालेको केन्द्रीय कमिटीको बैठक आज बस्दै छ ।

बैठक आज १२ बजे तुल्सीलाल प्रतिष्ठान भवनमा बस्ने पार्टी कार्यालय सचिव शेर बहादुर तामाङले जानकारी दिए ।

समसामयिक राजनीतिक घटनाक्रम र पार्टीका विभिन्न विषयहरूमा छलफल गर्न एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ । आज बैठकबाट एमाले छोडेर नेकपा (एकीकृत समाजवादी) मा लाग्ने नेता तथा सांसदलाई कार्वाहि पनि हुने छ ।

जसमा माधव नेपालले गत भदौ २ गते निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि निवेदन दिँदा हस्ताक्षर नगरी बसेका संघीय सांसदहरु सोमप्रसाद पाण्डे, माया ज्ञवाली, तुलसा थापा र शारदादेवी भट्टले भदौ ८ गते एकीकृत समाजवादीमै सनाखत गर्न पाउँ भन्दै निर्वाचन आयोगमा निवेदन दिएका थिए । तर, आयोगले उनीहरुको निवेदन अस्वीकार ग-यो ।

एमालेको संरचनालाई २०७५ जेठ २ को अवस्थामा फर्काएर क्रियाशील गराउने तथा १० बुँदे सहमती कार्यान्वयनबारे बैठकमा छलफल हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);