निर्वाचन आयोगले सनाखतका लागि मान्यता नदिँदा, एमाले छोड्न खोजेका ४ सासंदको पद धरापमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

निर्वाचन आयोगले सनाखतका लागि मान्यता नदिँदा, एमाले छोड्न खोजेका ४ सासंदको पद धरापमा

काठमाडौं । माधव नेपालले गत भदौ २ गते निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि निवेदन दिँदा हस्ताक्षर नगरी बसेका र पछि फेरी नेकपा (एकिकृत समाजवादी) मै जान चाहेर खुलेर लागेका संघीय सांसदहरुको पद धरापमा परेको छ ।

संघीय सांसदहरु सोमप्रसाद पाण्डे, माया ज्ञवाली, तुलसा थापा र शारदादेवी भट्टले भदौ ८ गते एकीकृत समाजवादीमै सनाखत गर्न पाउँ भन्दै निर्वाचन आयोगमा निवेदन दिएका थिए । तर, आयोगले उनीहरुको निवेदन अस्वीकार गरेको छ । चार सांसदमध्ये पाण्डे प्रतिनिधिसभाका प्रत्यक्ष निर्वाचित सांसद हुन् भने ज्ञवाली र थापा समानुपातिक सांसद हुन्

मूल पार्टी एमाले छाडेर माधव नेपालतिर लागेका चारजना सांसदलाई बुधबार निर्वाचन आयोगले सनाखतका लागि मान्यता नदिएपछि उनीहरुको पद धरापमा परेको हो । निर्वाचन आयोगले सनाखतमा मान्यता नदिएपछि अब उनीहरुले सांसद पद जोगाउन केपी ओली नेतृत्वको एमालेमै बस्नुपर्ने छ । यदी माधव नेपालको पार्टीमा गएको खण्डमा सांसद पद गुम्ने निश्चित छ ।

नयाँ दलले मान्यता पाएका कारण माधव नेपालको पक्षमा सुरुमै लागेका ३० सांसदको भने पद जोगिएको छ । एमालेले कारवाही गरेका भनिएका माधव नेपालसहित १४ सांसदलाई समेत आयोगले मान्यता दिएकाले उनीहरुको समेत सांसद पद जोगिएको छ । तर, ढिलो गरी नेपाल पक्षमा खुलेका चारजनाले भने सांसद पद नै गुमाउनुपर्ने अवस्था आएको छ ।

प्रदेश र स्थानीय तहका जनप्रतिनिधिले २१ दिनभित्र नयाँ पार्टी रोज्न पाउने छन् । निर्वाचन आयोगले नेपाल पक्षका थप तीनजना केन्द्रीय सदस्यहरु रामप्रित पासवान, विक्रम शाही र राजन राईलाई आयोगले सनाखत नगरेको हो । तर, उनीहरुलाई एकीकृत समाजवादी पार्टीमा पछि मनोनयन गर्न सकिने बाटो बाँकि छ । सनाखत नभएका सांसद सोमप्रसाद पाण्डेय पनि केन्द्रीय सदस्य रहेकाले उनको सांसद पद गुम्यो भने पनि पार्टीको केन्द्रीय कमिटीमा मनोनयन हुन सक्ने ठाउँ सुरक्षित छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);