प्रदेश १ मा नयाँ मुख्यमन्त्री बन्दै भीम आचार्य, आजै सपथको तयारी | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८०, मंगलबार

प्रदेश १ मा नयाँ मुख्यमन्त्री बन्दै भीम आचार्य, आजै सपथको तयारी

कुनै बेलाका प्रतिस्पर्धी राई र आचार्य एकै कित्तामा

इटहरी । नेकपा एमालेको फुटपछिको राजनैतिक समिकरणको बाछिटाको फलस्वरुप प्रदेश १ ले नयाँ मुख्यमन्त्री पाउने भएको छ । नयाँ मुख्य मन्त्रीको रुपमा भीम आचार्य आउने भएका छन् ।

माधव नेपाल पक्षका नेता आचार्यलाई मुख्यमन्त्री र संसदीय दलको नेता बनाउँदा प्रदेशभरका वहुसंख्यक माधवपक्षीय सदस्यहरु एमालेमै रहने र सरकारको नेतृत्व पनि एमालेमै रहने भएकाले मुख्यमन्त्री शेरधन राईले लचकता देखाउन लागेका हुन् । राईकै प्रस्तावमा आचार्य मुख्यमन्त्री बन्न लागेका हुन् ।

आचार्यलाई आजै मुख्यमन्त्री नियुक्त गरी सपथ गराउने तयारी भइरहेको छ । आचार्यलाई दलको नेता चयन गर्न आज ११ बजे एमाले प्रदेश–१ संसदीय दलको बैठक बस्दैछ ।

२०७४ माघ २६ गते एमालेका ५१ साम्सदमा शेरधनले २६ का विरुद्ध २४ मत ल्याएर संसदीय दलको नेता भएका थिए । ९३ सदस्यीय प्रदेश १ को प्रदेश सभामा एमालेका ५१ सदस्य छन् । ४७ सदस्यले मुख्यमन्त्री बन्ने मत पुग्दछ । कुनै बेलाका प्रतिस्पर्धी राई र आचार्य एकै कित्ता भएका छन् ।

अहिले प्रदेश–१ मा भोजपुरका राजेन्द्र राई, खोटाङका राजन राई र पाचथरका गणेश कुमार कम्बाङ मात्रै एमालेबाट टुक्रिएर बनेको नेकपा एकीकृत समाजबादीमा गएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);