वर्तमान सरकारले ल्याएको अध्यादेश बाध्ययात्मक : कानून मन्त्री कार्की | ईमाउण्टेन समाचार

Our Network

जेठ २६ २०८३, बुधवार

वर्तमान सरकारले ल्याएको अध्यादेश बाध्ययात्मक : कानून मन्त्री कार्की

काठमाडाैं । कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले वर्तमान सरकारले ल्याएको अध्यादेशलाई बाध्ययात्मक भएको बताएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले ल्याएको अध्यादेशलाई एमाले फुटाउने षडयन्त्र भएको भन्दै पार्टी भित्रै चर्को आलोचना भैरहँदा सरकारका प्रवक्तासमेत रहनु भएका मन्त्री कार्कीले उक्त अध्यादेश संसदको स्थिरताका लागि भएको जिकिर गरेका छन्।

साथै उनले ओली सरकार स्वार्थ केन्द्रित बन्दा मुलुक अनिर्णयको बन्दी बनेको तर्फ तर्क गर्दै जारी अध्यादेश मुलुकको निकाश र सम्वृद्धिका लागि भएको बताए ।

कार्कीले वर्तमान सरकार छिट्टै विस्तार हुने समेत बताउनु भएको छ । वहाँले गठबन्धनको संस्कृतिलाई बलियो बनाएर लैजाने भन्ने विषयमा छलफल जारी रहेकाले सरकार विस्तारमा ढिलाई भएको बताउनु भएको हो ।

मन्त्री कार्की कोशी टप्पु बन्यजन्तु आरक्ष क्षेत्रको विस्तार र स्थानीयको समस्या बुझ्न बुधबार सुनसरी पुग्नु भएको थियो ।

Leave a Reply

ताजा समाचार

On-line Slots Free Spins No Deposit Required

१ घन्टा अघि