नेकपाले दल दर्ताका लागि निर्वाचन आयोगमा आवश्यक कागजात बुझायो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

काठमाडौं, १४ जेठ । नवगठित नेपाल कम्युनिष्ट पार्टीले दल दर्ताका लागि निर्वाचन आयोगमा आवश्यक महत्वपूर्ण कागजात बुझाएको छ ।

नेपाल कम्युनिष्ट पार्टीका नेता सुवास नेम्वाङ नेतृत्वको टोलीले सोमबार निर्वाचन आयोगमा पुगी दल दर्ताका लागि आवश्यक केन्द्रिय सदस्यहरुको हस्ताक्षर सहितको महत्वपूर्ण कागजात निर्वाचन आयोगलाई उपलब्ध गराएको हो ।

दल दर्ता प्रक्रियाका लागि आवश्यक कागजातहरु बुझाउने काम गरिएको पूर्व सभामुख समेत रहेका नेता नेम्वाङले जानकारी दिए ।

तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण भई बनेको नेपाल कम्युनिष्ट पार्टीले जेठ ३ गते दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको थियो । सोही प्रक्रिया पूरा गर्न आवश्यक महत्वपूर्ण कागजात सोमबार आयोगलाई उपलब्ध गराएको हो ।

नेता देवप्रसाद गुरुङले दल दर्ताका लागि निर्वाचन आयोगमा नियमावली बुझाउने काम अझै बाँकि रहेको जानकारी दिए ।

निर्वाचन आयोगले आवश्यक प्रक्रिया पूरा गरेपछि दल दर्ता भएको सूचना प्रकाशित गर्नेछ । प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल नेतृत्वको नवगठित नेपाल कम्युनिट पार्टीको नाममा अन्डरलाईन समेत थपेर दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिइएको छ ।

निर्वाचन आयोगमा नेपाल कम्युनिष्ट पार्टी यस अघि नै दर्ता गरिएकाले आफूहरुले नाममा अन्डरलाईन थप्नु परेको पनि नेता नेम्वाङले स्पष्ट पारे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);