नेकपा दर्ताको प्रमाणपत्र महासचिव विष्णु पौडेललाई प्रदान | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

नेकपा दर्ताको प्रमाणपत्र महासचिव विष्णु पौडेललाई प्रदान

काठमाडौं, २४ जेठ । निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दल दर्ताको प्रमाणपत्र पार्टीका महासचिव विष्णु पौडेललाई प्रदान गरेको छ ।

एमाले र माओवादी केन्द्रबीच एकीकरण भई बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दल दर्ताको प्रमाणपत्र प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले पार्टीका महासचिव पौडेललाई विहिबार निर्वाचन आयोगको कार्यालयमा प्रदान गरेका छन् ।

आजबाट दल दर्ताको कामले औपचारिकता पाएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता सुवाष नेम्वाङले जानकारी दिए । उनले दल दर्ताअनुसार नै पार्टी संसदीय दलको व्यवस्थापन हुने स्पष्ट पारे ।

दुई ठूला कम्युनिष्ट पार्टी एकीकरण भई बनेको नेकपा कम्युनिष्ट पार्टीले दल दर्ताका लागि जेठ ३ गते निर्वाचन आयोगमा निवेदन दिएको थियो ।

सोही निवेदनमाथि छानवीन गर्दै निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दल दर्ताको प्रमाण पत्र सम्बन्धित दललाई प्रदान गरेको हो । नेता नेम्वाङले दल दर्ता गर्ने काम ऐतिहासिक भएकाले त्यसमा सहयोग गरेको भन्दै निर्वाचन आयोगलाई धन्यवाद दिए ।

नेता नेम्वाङले महाधिवेशनपछि निर्वाचन आयोगको परामर्श अनुसार पार्टीको केन्द्रिय कार्य समितिमा ३३ प्रतिशत महिला सहभागी गराउने प्रतिवद्धता व्यक्त गरे । प्रमाण पत्र बुझ्नका लागि पार्टीका महासचिव पौडेल, नेताहरु नेम्वाङ, देवप्रसाद गुरुङ निर्वाचन आयोगको कार्यालय पुगेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);