निर्वाचन आयोगद्वारा नै कानूनको उल्लंघन गरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दर्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

काठमाडौं, २४ जेठ । निर्वाचन आयोगले महिलाको एक तिहाइ प्रतिनिधित्वविना नै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दर्ता गरेको छ ।

आयोगका पदाधिकारीको दुई दिनसम्म चलेको बैठकले महिलाको एक तिहाइ प्रतिनिधित्व विना नै नेकपा दर्ता गर्ने निर्णय गरेको हो । राजनीतिक दल दर्ता सम्वन्धी ऐनको दफा १५ (४) मा दलको हरेक तहमा महिला सहभागिता ३३ प्रतिशत हुनुपर्ने व्यवस्था छ । तर नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकीकरण भइ बनेको नेकपाको ४ सय ४१ सदस्यीय केन्द्रीय समितिमा भने महिलाको १६ प्रतिशत मात्र प्रतिनिधित्व छ ।

केन्द्रीय समितिमा ७२ जना महिला रहेकामा ४५ सदस्यीय स्थायी समितिमा ४३ जना पुरुष छन् । आयोगका आयुक्त सुधिरकुमार शाहले बैठकले एक महिनाभित्र सबै दललाई महिलाको प्रतिनिधित्व ३३ प्रतिशत पुर्याउन निर्देशन दिने निर्णय गरेको जानकारी दिए । नेकपा एमाले र नेकपा माओवादी केन्द्र जेठ ३ गते एकीकरण भएका थिए । एकीकरणकै दिन दल दर्ताका लागि आयोगमा निवेदन दिइएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);