'आयल निगमको कार्यकारी निर्देशकको नियुक्ति खुला प्रतिस्पर्धाबाट' | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८०, सोमबार

‘आयल निगमको कार्यकारी निर्देशकको नियुक्ति खुला प्रतिस्पर्धाबाट’

nepal-oil-nigam-

काठमाडौं, २४ जेठ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले नेपाल आयल निगमको कार्यकारी निर्देशकको नियुक्ति खुला प्रतिस्पर्धाबाट गर्ने बताएका छन् ।

भ्रष्टाचारको अभियोग लागेका निगमका कार्यकारी निर्देशक गोपाल खड्काले राजीनामा दिएलगत्तै मन्त्री यादवले संचारकर्मीमाझ खुला प्रतिष्पर्धाबाट सो पदमा नियुक्त गर्न आफूले चाहेको बताएका हुन् ।

बिहीबार खड्काले जिम्मेवारी विहिन अवस्थामा आफूलाई राखेको पीडा सहन नसकेको भन्दै निगमको कार्यकारी निर्देशकबाट राजीनामा दिएका थिए । मन्त्री यादवले खड्काले पदबाट राजीनामा दिएर नेपाल आयल निगमको कामलाई अघि बढाउन सहज भएको प्रतिक्रिया दिए ।

उनले निगममा क्षमतावान नेतृत्व ल्याउन पनि खुला प्रतिस्पर्धा गरेर कार्यकारी नियुक्ति प्रक्रिया अघि बढाउने सोचाईमा आफू पुगेको स्पष्ट पारे । मन्त्री यादवले निगममा राजनीतिक नियुक्त हुनै नसक्ने उल्लेख गरे ।

मन्त्री यादवले नेपाल आयल निगमको गिरेको साखलाई माथि उठाउने गरी काम गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले जनताको सेवा गरेर विगतमा गिरेको छवी माथि उठाउने काममा लागि पर्न पनि आयल निगम व्यवस्थापनलाई सचेत गराए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);