नेपाल आयल निगमको कार्यकारी निर्देशकमा योग्य व्यक्तिलाई प्रतिस्पर्धाबाट नियुक्त गरिने | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

नेपाल आयल निगमको कार्यकारी निर्देशकमा योग्य व्यक्तिलाई प्रतिस्पर्धाबाट नियुक्त गरिने

nepal aayalnigam

काठमाडौं, २५ जेठ । सरकारले नेपाल आयल निगमको कार्यकारी निर्देशक अब खुला प्रतिस्पर्धाबाट नियुक्त गर्ने भएको छ ।

मन्त्रीको इच्छा अनुसार कार्यकारी निर्देशक नियुक्त गर्दा जनमानसमा नकारात्मक सन्देश गएको र निगममाथि अविश्वास बढेको भन्दै सरकारले नियुक्तिका लागि खुला प्रतिस्पर्धाको बाटो रोज्न लागेको हो । उद्योग, वाणिज्य तथा आपुर्तिमन्त्री मातृकाप्रसाद यादवले निगममा अब नेताका आसेपासे र भरौटेलाई आँखा चिम्लिएर जिम्मेवारी नदिइने बताए ।

उनले निगमको कार्यकारी निर्देशकमा खुला प्रतिस्पर्धाबाट योग्य व्यक्ति नियुक्त गर्ने र त्यसका लागि निजी क्षेत्रका कहलिएका प्रमुख कार्यकारी अधिकृतसँग छलफल गरी सुझाव लिने बताए । २०७१ सालमा त्यतिखेरका आपूर्तिमन्त्री सुनिलबहादुर थापाको प्रस्तावमा मन्त्रिपरिषद्ले नियुक्त गरेका गोपाल बहादुर खड्काले विहिबार राजीनामा दिएका थिए ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भण्डारणका लागि जग्गा खरिद् गर्दा एक अर्बभन्दा बढी भ्रष्टाचार भएको र त्यसमा मुख्य दोषी भएको आरोप लागेका खड्कालाई सरकारले सात महिना पहिले जिम्मेवारीविहिन बनाएको थियो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);