जनकपुरबाट नेपालगञ्ज जाँदै गरेको बस दाङको पहरुवामा दुर्घटना हुँदा एक बालिकाको मृत्यु, ३२ जना घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

जनकपुरबाट नेपालगञ्ज जाँदै गरेको बस दाङको पहरुवामा दुर्घटना हुँदा एक बालिकाको मृत्यु, ३२ जना घाइते

bus accident

काठमाडौं, २५ जेठ । जनकपुरबाट नेपालगञ्ज जाँदै गरेको बस दाङको भालुबाङ–लमही सडकखण्डमा दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ ।

ना ५ ख १८२९ नम्बरको बस राप्ती गाउँपालिका ५ स्थित पहरुवामा आज विहान दुर्घटना हुँदा ३२ जना घाइते छन् । घाइतेमध्ये पाँच महिला, तीन पुरुष, दुई बालिका र एक बालकको अवस्था गम्भिर रहेको लमही प्रहरीले जनाएको छ ।

गम्भिर घाइतेहरुलाई उपचारका लागि बाँकेको कोहलपुर पठाइएको छ । बसमा ३३ जना सवार थिए । तिब्र गतिमा रहेको बसका चालक निदाएका कारण दुर्घटना भएको प्रहरीले बताएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);