बचत तथा ऋण सहकारी संस्था (साकोस) को शिखर सम्मेलन काठमाडौंमा सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

बचत तथा ऋण सहकारी संस्था (साकोस) को शिखर सम्मेलन काठमाडौंमा सुरु

sakos ko sikhar sammelan

काठमाडौं, २५ जेठ । बचत तथा ऋण सहकारी संस्था (साकोस) को शिखर सम्मेलन काठमाडौंमा सुरु भएको छ । वित्तिय समावेशीकरणमार्फत् जनताको जीवनस्तरमा आवश्यक परिवर्तन ल्याउने गरी भावी योजना तय गर्न तेस्रो साकोस शिखर सम्मेलन बिहिबारबाट काठमाडौंमा सुरु भएको हो ।

देशभरका सबै सहकारीकर्मी सहभागी रहेको शिखर सम्मेलनको उदघाटन गर्दै उपप्रधानमन्त्री एवम् रक्षामन्त्री इश्वर पोखरेलले आर्थिक विकास र समृद्धिको राष्ट्रिय अभियानमा सबैलाई एकतावद्ध भएर अघि बढन आह्वान गरे । उपप्रधानमन्त्री पोखरेलले मुलुकलाई समृद्ध बनाउन नीतिगत, संरचनागत सुधार गरेर अघि बढने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले सहकारी ऐनलाई संशोधन गरेर अघि बढ्न सरकार प्रतिवद्ध रहेको बताए । मन्त्री तामाङले सहकारीकर्मीहरुले मुलुकको आर्थिक विकासमा महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरे ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);