दाङको मुसोट बस दुर्घटनामा परी २ जनाको मृत्यु (अपडेट) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

दाङको मुसोट बस दुर्घटनामा परी २ जनाको मृत्यु (अपडेट)

दाङ, २० चैत । दाङको मुसोट बस दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ ।

दाङ घोराहीबाट लमही आउँदै गरेको लु १ ख ९८६३ नम्बरको बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने २९ जना घाइते भएका छन् ।

घोराही उपमहानगरपालिका–३ मुसोट खोला उकालोको घुम्तीमा बस पल्टिएर दुर्घटना भएको हो । मृत्यु हुनेमा लमही नगरपालिका–९ पैतेका २९ वर्षीय अतिराम चौधरी र बुटवल सैनामैनाका यादव खनाल रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक गणेश चन्दले जनाएको छ ।

घाईतेमध्ये ६ अवस्था सामान्य, दुई गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । घाईते दुईजनालाई गए राति नै थप उपचारको लागि कोहलपुर शिक्षण अस्पतालमा पठाइएको छ भने ६ जनाको लमही अस्पतालमा उपचार भइरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);