दाङमा कार र मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु  | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

दाङमा कार र मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु 

काठमाडौं । दाङको लमही नगरपालिका–३ बनगाउँमा मंगलबार राति कार र मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दाङको राप्ती गाउँपालिका–१ भालुवाङका २५ वर्षीय नरेन्द्र जिसी रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा लमही स्थित लमही अस्पतालमा मृत्यु भएको हो । 

मंगलबार राति ९ बजे भालुवाङबाट लमहीतर्फ जाँदै गरेको बा १० च २५ ८१ नम्बरको कारले बिपरित दिशाबाट आउँदै गरेको रा ६ प ६८ ४९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । कार चालक फरार भएकोले खोजी भइरहेको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);