सहकारी दिवसमा जेष्ठ सदस्यहरु सम्मानित | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

सहकारी दिवसमा जेष्ठ सदस्यहरु सम्मानित

सप्तरी, २१ चैत । सहकारीका जेष्ठ सदस्यहरुलाई सम्मानसहित विभिन्न कार्याक्रमहरु गरी सप्तरीमा ६४ औँ राष्ट्रिय सहकारी दिवस मनाइएको छ ।

शुक्रबार सहकारी दिवसको अवसरमा सप्तरीको सप्तकोशी नगरपालिकामा सहकारीमा आवद्ध जेष्ठ सदस्यहरुलाई कार्याक्रमकाबीच सम्मान गरिएको हो ।

अन्तर्राष्ट्रिय सहकारी महासंघ सदस्य ओमदेवी मल्लले सहकारीहरु स्थानीय स्तरमा स्थानीय निकायसँग समन्वय गरी उत्पादन बृद्धिमा लागेको बताए ।

यस्तै त्रियुगा सहकारीका व्यवस्थापन समिति अध्यक्ष शम्भू खड्काले स्थानिय निकायमा स्थापित सहकारी संस्थाहरु संगठित भएर कृषक तथा सदस्यहरुको समाधानमा केन्द्रित हुनुपर्ने बताए ।
सप्तकोशी नगरपालिकामा भएका सहकारीहरुले मलखाद, बीउबिजन, पशुपालन व्यवसाय गर्ने किसानलाई सहुलियत ब्याजदर, दूध तथा दुग्धजन्य पदार्थ बिक्री वितरण, एम्बुलेन्स सेवा, खेत जोत्ने ट्याक्टर, चर्पी सफा गर्ने सेफ्टीट्याङ्की र डिपार्टमेन्ट स्टोर लगायताका सुविधा प्रदान गर्दै आएको छ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);