उत्थानशील पुनर्निर्माण र विकासका लागिकार्यशाला गोष्ठी सम्पन्न | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

उत्थानशील पुनर्निर्माण र विकासका लागिकार्यशाला गोष्ठी सम्पन्न

काठमाडाैं, २१ चैत । राष्ट्रिय पुनर्निमाण प्राधिकरणको आयोजनामा उत्थानशील पुनर्निर्माण र विकासका लागिकार्यशाला गोष्ठी सम्पन्न भएको छ ।

ललितपुरमा शुक्रबार सम्पन्न कार्यशाला गोष्ठीमा भुकम्पबाट प्रभावित निजि आवास पुनर्निर्माण तथा प्रबलीकरण लाभग्राहीहरुलाई अनुदान लिने समयसिमा तथा सो सम्बन्धमा भएको नीतिगत व्यवस्थाको बारेमा जानकारी गराईएको छ । गोष्ठि ३२ जिल्लाका भुकम्प प्रभावितहरुलाई लक्षित गरेर आयोजना गरिएको हो ।

कार्यशाला गोष्ठीबाट स्थानीय सरकारलाई विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन र उत्थानशील पुनर्निर्माण कार्यमा मार्गदर्शन गर्न आवश्यक विषयगत नीति, रणनीतिहरु, कार्यविधि र अभ्यासहरुलाई समेत समावेश गरी एकीकृत रुपमा पुस्तक समेत तयार पारिएको छ ।

उत्थानशील विकासको अवधारणा र अभ्यासलाई संस्थागत गर्नका लागि हाल सञ्चालित पुनर्निर्माण तथा विषयगत क्षेत्रका विकास सेवाहरुको प्रवाहलाई सुदृढ बनाउन स्थानीय सरकारका जनप्रनिधि र कार्यरत कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्ने लक्ष्यसहित प्रशिक्षण पुस्तिका “उत्थानशील विकास उन्मुख स्थानीय सरकार : उत्थानशील पुनर्निर्माण र विकासका लागि प्रशिक्षण पुस्तिका” नामक पुस्तिका तयार पारिएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);