सल्यान दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुग्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

सल्यान दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुग्यो

काठमाडौं । सल्यानको कपुरकोटमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुगेको छ । सल्यानको खलंगाबाट दाङको तुलसीपुर आउँदै गरेको रा१ख २५५२ नम्बरको बस दुर्घटनामा हुदाँ १२ जनाको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डिएसपी गोबिन्द थापाले जानाकारी दिए ।

डीएसपी थापाका अनुसार घटनास्थलमा ६ जना र अस्पतालमा उपचारको क्रममा ६ जना गरी १२ जनाको मृत्यु भएको हो । आइतवार विहान सल्यानको खलंगाबाट दाङको तुलसीपुर आउँदै गरेको बस कपुरकोट गाउँपालिकामा दुर्घटना ग्रस्त भएको थियो । उक्त बसमा ३५ जना यात्रु सवार थिए । बस विहान ११ बजेतिर कपुरकोट गाउँपालिका–५ स्थित खारखोलामा दुर्घटना भएको थियो ।

दुर्घटनामा बाँकी २० जना घाइते भएका प्रहरीले बताएको छ । घाइतेमध्ये गम्भीर अवस्थाका ७ जनालाई उपचारका लागि नेपालगञ्ज पठाइएको छ । अरु घाइतेको श्रीनगर र खलंगाका विभिन्न अस्पतालमा उपचार भइरहेको डीएसपी थापाले जानकारी दिए । घाइतेहरूका अनुसार बस निकै नै तिव्र गतिमा रहेका कारण दुर्घटना भएको हो । बस सडकबाट २०० मिटर तल खसेको छ ।

मृतक भएका १२ जना मध्य १० महिला २ पुरुष रहेका छन् । मृत्यु हुनेहरुमा सल्यान छत्रेश्चरी गाउँपालिमा-२ बस्ने २९ बर्षका तिलक ओली, दाङ जिल्ला घोराही उपमहानगरकाे नारायनपुर बस्ने ६५ बर्षकी ईन्द्रा अधिकारी र दाङ जिल्ला बबई गाउँपालिका-६ पन्चकुले बस्ने ७० बर्षकी कलावती बुढाथोकी रहेका छन् । तीन जनाको परिचय खुले पनि अन्य नाै जनाकाे भने परिचय खुल्न बाँकी रहेकाे छ । 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);