अपडेट : दाङ बस दुर्घटनामा मृतकको संख्या २२ पुग्याे | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

अपडेट : दाङ बस दुर्घटनामा मृतकको संख्या २२ पुग्याे

dang bus durghatana

दाङ, ७ पुस । दाङमा शिक्षक र विद्यार्थी चढेकोे बस दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । कपुरकोटस्थित मुलपानी वनस्पति उद्यानको अवलोकन भ्रमण गरेर फर्कदै गर्दा शिक्षक र विद्यार्थी चढेकोे बस दुर्घटनामा परेको प्रहरीको भनाइ छ।

शुक्रवार सल्यानबाट दाङको तुलसीपुर आउँदै गरेको बा ४ ख ९७६६ नम्बरको बस तुलसीपुर नगरपालिका वडा नम्बर ३ को राम्री भन्ने स्थानमा दुर्घटना भएको हो ।

बस सडकबाट ७ सय मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको । घाइतेहरुको प्रहरी र स्थानीयले उद्धार गरेर उपचारका लागि राप्ती अञ्चल अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

बसमा शिक्षालयका ३२ जना विद्यार्थी, २ जना शिक्षक र ३ जना बसका कर्मचारीसहित ३७ जना यात्रुर हेको प्रहरीले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);