दाङमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

दाङमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु

accident

दाङ, ६ पुस । दाङमा शिक्षक र विद्यार्थी चढेकोे बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । सल्यानबाट दाङको तुलसीपुर आउँदै गरेको बा ४ ख ९७६६ नम्बरको बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

कपुरकोटस्थित मुलपानी वनस्पति उद्यानको अवलोकन भ्रमण गरेर फर्कदै गर्दा शिक्षक र विद्यार्थी चढेकोे बस दुर्घटनामा परेको प्रहरीको भनाइ छ। दाङको तुलसीपुर उपमहानगरपालिका–३ राम्री भन्ने ठाउँमा बस दुर्घटना भएको हो । बस सडकबाट करिब ५ सय मिटर तल खसेको छ ।

अहिलेसम्म आठ पुरुष र एक महिलाको शव फेला परेको प्रहरीले जानकारी दिएको छ । मृतकहरुको सनाखत हुन बाँकी छ । बसमा ३१ जना सवार थिए ।   घाइतेहरुको प्रहरी र स्थानीयले उद्धार गरी उपचारका लागि राप्ती अञ्चल अस्पताल लगिएको प्रहरीले जनाएको छ । दुर्घटनास्थल तुलसीपुरबाट १३ किलोमिटर उत्तरमा पर्छ । के कारणले बस दुर्घटना भयो भन्ने केही खुलेको छैन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);