अपडेट : दाङको तुलसीपुरमा बस दुर्घटना हुँदा १६ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

अपडेट : दाङको तुलसीपुरमा बस दुर्घटना हुँदा १६ जनाको मृत्यु

दाङ, ६ पुस । दाङमा शिक्षक र विद्यार्थी चढेकोे बस दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । कपुरकोटस्थित मुलपानी वनस्पति उद्यानको अवलोकन भ्रमण गरेर फर्कदै गर्दा शिक्षक र विद्यार्थी चढेकोे बस दुर्घटनामा परेको प्रहरीको भनाइ छ।

शुक्रवार सल्यानबाट दाङको तुलसीपुर आउँदै गरेको बा ४ ख ९७६६ नम्बरको बस तुलसीपुर नगरपालिका वडा नम्बर ३ को राम्री भन्ने स्थानमा दुर्घटना भएको हो ।

बस सडकबाट ७ सय मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको । घाइतेहरुको प्रहरी र स्थानीयले उद्धार गरेर उपचारका लागि राप्ती अञ्चल अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

दुर्घटनास्थल तुलसीपुरबाट १३ किलोमिटर उत्तरमा रहेको छ । के कारणले बस दुर्घटना भयो भन्ने केही खुलेको छैन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);