फागुन २० गते सम्ममा संविधानसँग बाझिएका सबै ऐन संशोधन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

फागुन २० गते सम्ममा संविधानसँग बाझिएका सबै ऐन संशोधन

Ganesh-Timalsina

काठमाडौं, ६ पुस । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संवैधानिक व्यवस्था अनुसार फागुन २० गते सम्ममा संविधानसँग बाझिएका सबै ऐन संशोधन गरिने बताएका छन् ।

संसदीय मामिला पत्रकार समुहका नवनिर्वाचित पदाधिकारीलाई शुक्रबार सिंहदरबारस्थित आफ्नै सचिवालयमा बधाई तथा शुभकामना दिंदै अध्यक्ष तिमिल्सिनाले संविधानले गरेको व्यवस्था अनुसार निर्धारित समय भित्रै सबै ऐन संशोधन गरिसक्ने बताएका हुन् ।

संघीय संसदको दुवै सदनमा पर्याप्त छलफल, विचार विमर्श गरि प्रक्रिया सम्मत ढंगले ऐनहरु पास गरिने पनि उनले बताए । कतिपय पुराना ऐनहरु सामान्य संशोधन मात्रै गरे पुग्ने अवस्थामा रहेको भन्दै उनले समय भित्रै सबै प्रक्रिया पुरा गरेर आवश्यक कानुनहरु संघीय संसदले पास गर्ने विश्वास व्यक्त गरे ।

संघीय संसद बैठक प्रारम्भ भएको मितिले एक बर्ष भित्र संविधानसंग बाँझिएका ऐन संशोधन गरि पास गरिसक्नुपर्ने व्यवस्था संविधानले गरेको छ । त्यसैगरी संविधान कार्यान्वयनका लागि आवश्यक नयाँ कानुन पनि आगामी फागुन २० गते भित्र संसदबाट पास भई प्रमाणिकरण भईसक्नुपर्ने व्यवस्था छ ।

अध्यक्ष तिमिल्सिनाले सकारात्मक आलोचना मार्फत संसदका गतिविधि जनतामाझ पुर्याउने सवालमा प्रभावकारी भुमिका निर्वाह गर्न निर्वाचित पदाधिकारीलाई सुझाव दिए । संसदीय मामिलाका नवनिर्वाचित अध्यक्ष नारायण काफ्लेले संसदीय रिपोर्टिङलाई सहज र प्रभावकारी बनाउन सचिवालयको सहयोग महत्वपुर्ण भएकाले आपसी सहयोग आदानप्रदानमा सहयोगी भुमिका निर्वाह हुने विश्वास व्यक्त गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);