विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १५ जना घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १५ जना घाइते

motercycle durghatana

नवराज श्रेष्ठ
रामेछाप, ७ फागुन ।
रामेछापको सालुबाट विद्यार्थी बोकेर सदरमुकाम मन्थली आउँदै गरेको यात्रु बाहक बस शुक्रबार बिहान दुर्घटामा परेको छ । दुर्घटनामा परि १५ विद्यार्थी घाइते भएका छन् ।

नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागि हुन आएका विद्यार्थी दुर्घटनामा परेका हुन । रामेछापको सालुबाट विद्यार्थी बोकेर सदरमुकाम मन्थली आउँदै गरेको यात्रु बाहक बस मन्थली नगरपालिका वडा नं. १ सीमानामा पर्ने मच्छेडाँडीमा दुर्घटना भएको हो ।

बा ५ ख २८५७ नम्बरको अरनिको यातायात प्रा.लि.को बसमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगतिमा आएका विद्यार्थी र शिक्षक गरि ५३ जना सवार रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

घाइते मध्ये केही विद्यार्थीको अवस्था गम्भीर रहेको र घाइते विद्यार्थीहरुको उपचार मन्थलीस्थित तामाकोसी अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ । तीब्र गतिको कारण बस दुर्घटना भएको आँकलन गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);