दलको मान्यतासँगै नेकपा एकीकृत समाजवादी पार्टीलाई सरकारमा जाने ढोका खुल्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

दलको मान्यतासँगै नेकपा एकीकृत समाजवादी पार्टीलाई सरकारमा जाने ढोका खुल्यो

काठमाडौं । दल दर्ताको प्रमाणपत्र लिएसँगै नेकपा एकीकृत समाजवादीलाई सरकारमा जाने बाटो पनि खुलेको छ ।

माधव नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादी दल दर्ता हुन नसकको कारण मन्त्रिपरिषद विस्तार हुन नसकेको बताइदै आएको छ ।

बुधबार निर्वाचन आयोगले दुई नयाँ पार्टीलाई दर्ता गरी प्रमाणपत्र दिएको छ । नेकपा एमालेबाट फुटेर बनेको नेकपा (एकीकृत–समाजवादी) र जनता समाजवादी पार्टीबाट फुटेर बनेको लोकतान्त्रिक समाजवादी पार्टीलाई निर्वाचन आयोगले दल दर्ताको प्रमाणपत्र दिएको हो ।

दुवै दलले दिएको निवेदनमाथि बुधबार आयोगले दल विभाजनमा जान चाहनेहरूको आयोग कार्यालयमै सनाखत गरेको थियो । त्यसमध्ये एमालेबाट छुट्टिएका संघीय संसदका ३० जना सांसदसहित ५५ जना केन्द्रीय सदस्य रहने गरी दल दर्ता गरिएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए ।

एमालेबाट छुट्टिएर नयाँ दलमा जान चाहेका तीनजना सांसद सोमप्रसाद पाण्डे, शारदादेवि भट्ट र माया न्यौपानेको बारेमा भने आयोगले कुनै निर्णय गरेन । त्यस्तै महन्थ ठाकुरको दलका १४ जना संघीय सांसदसहित १७ जना रहने गरी आयोगले मान्यता दिएको छ ।

लोसपाको तर्फबाट सांसद रेशम चौधरीको सनाखत आयोगले गरेन । लोकतान्त्रिक समाजवादी पार्टीले जनता समाजवादी पार्टीबाट विभाजित भएको हो । अब आयोगले संसद सचिवालयलाई दल दर्ता भएको औपचारिक जानकारी पठाउने छ । त्यसपछि संसदीय दलबाट पनि यी दल छुट्टै अस्तित्वमा आउने छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);