माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) निर्वाचन आयोगमा दर्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) निर्वाचन आयोगमा दर्ता

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) निर्वाचन आयोगमा दर्ता भएको छ ।

पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपा (एकीकृत समाजवादी) लाई बुधबार आयोगले दर्ता प्रमाणपत्र दिएको हो ।

एमालेबाट छुट्टिएर बनेको समाजवादीलाई राजनीतिक दल सम्बन्धी ऐन, २०७३ (दोस्रो संशोधन अध्यादेश, २०७८) को दफा ३३ बमोजिम दर्ता गरेर प्रमाण दिएको आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले सनाखतपछि दल दर्ता गरेर प्रमाणपत्र दिएको जानकारी दिए ।

नेपालको पार्टीको केन्द्रीय कार्यालय नया बानेश्वर तोकिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);