दल दर्ता सनाखतका लागि नेपाल पक्ष निर्वाचन आयोगमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

दल दर्ता सनाखतका लागि नेपाल पक्ष निर्वाचन आयोगमा

काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको प्रस्तावित नेकपा एकीकृत समाजवादी पार्टीका नेताहरु सनाखतका लागि निर्वाचन आयोग पुग्न थालेका छन् ।

निर्वाचन आयोगले नयाँ दल दर्ताका लागि सनाखतका लागि बुधबार आयोगमा भौतिक रुपमा नै उपस्थित हुनुपर्ने बताएपछि उनीहरु आयोग पुगेका हुन् ।

संसदीय दल र केन्द्रीय कमिटीमा २० प्रतिशतको समर्थनमा दल विभाजन हुनसक्ने राजीनिकत दलसम्बन्धी अध्यादेश जार भएसँगै माधव नेपाल पक्ष एमालेबाट औपचारिक रुपमा टुक्रिएको हो । उनीहरुले ९५ केन्द्रीय सदस्य र ३१ भन्दा बढी सांसदले नेकपा एकीकृत समाजवादी नामको नयाँ दल दर्ता गराएका थिए ।

उनीहरुले दल दर्ताका लागि दिएको निवेदनमा माथि आयोगले आज सनाखत गर्न लागेको हो ।

एमालेका दुई सय ३ केन्द्रीय कमिटी सदस्यहरुमध्ये नेपालको दल दर्ताका लागि २० प्रतिशत अर्थात् ४१ जना सदस्य सशरिर सनाखतका लागि पुगेमा नेपालको पक्षको दल दर्ता हुने छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);