दल दर्ता सनाखत गर्न महन्थ ठाकुर समूह पनि निर्वाचन आयोगमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

दल दर्ता सनाखत गर्न महन्थ ठाकुर समूह पनि निर्वाचन आयोगमा

काठमाडौं । महन्थ ठाकुर समूहका नेताहरु पनि दल दर्ताका लागि सनाखत गर्न निर्वाचन आयोगमा पुगेका छन् ।

जसपाको आधिकारिकता उपेन्द्र यादव समूहले पाएपछि महन्थ ठाकुर समूहले लोकतान्त्रिक समाजवादी पार्टी दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए ।

दल दर्ता प्रक्रियाका लागि बुधबार आयोगले सनाखत गर्न ठाकुर समूहका नेताहरुलाई बोलाएको हो । सोही कारण अहिले प्रस्तावित लोसपाका नेताहरु सनाखत गर्न आयोगको कार्यालयमा पुगेका छन् ।

यसैबीच एमालेबाट अलग्गिएर माधवकुमार नेपालले नेकपा एकीकृत समाजवादी दल दर्ताका लागि आयोगमा निवेदन दिएका छन् । उनीहरु पनि अहिले सनाखतका लागि आयोगमा पुगेका छन् ।

यो पनि पढ्नुहोस

दल दर्ता सनाखतका लागि नेपाल पक्ष निर्वाचन आयोगमा

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);