लघुवित्त तथा वित्तीय शोषणविरुद्ध काठमाडौंमा पीडितहरूको ‘राजधानी मार्च’ | ईमाउण्टेन समाचार

Our Network

साउन ९ २०८३, आइतबार

लघुवित्त तथा वित्तीय शोषणविरुद्ध काठमाडौंमा पीडितहरूको ‘राजधानी मार्च’

काठमाडौं । लघुवित्त तथा वित्तीय शोषणविरुद्ध आन्दोलनरत पक्षले आईतवार राजधानीमा विरोध प्रदर्शन गरेका छन् ।
किसान मजदुर आन्दोलन नेपालको आयोजनामा पीडितहरूले काठमाडौंका विभिन्न क्षेत्रमा ‘राजधानी मार्च’ गरेका हुन् । लघुवित्त संस्थाहरूबाट मारमा परेका सर्वसाधारणले आफ्नो हकहित र न्यायको माग गर्दै विगत लामो समयदेखि सङ्घर्ष जारी राखेका छन् । सोही सङ्घर्षको निरन्तरता स्वरूप आईतवार काठमाडौंको सडकमा उत्रिएका प्रदर्शनकारीहरूले वित्तीय शोषण बन्द गर्नुपर्ने माग राख्दै दबाब दिएका छन् । किसान तथा मजदुरहरूको समेत सहभागिता रहेको उक्त विरोध कार्यक्रममार्फत पीडितहरूले राज्यको ध्यानकर्षण गराउन खोजेका छन् ।

Leave a Reply