महन्थ ठाकुरको लोकतान्त्रिक समाजवादी पार्टी दर्ता, आयोगले दियो प्रमाणपत्र | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

महन्थ ठाकुरको लोकतान्त्रिक समाजवादी पार्टी दर्ता, आयोगले दियो प्रमाणपत्र

काठमाडौं । निर्वाचन आयोगले महन्थ ठाकुरको नेतृत्वमा प्रस्तावित लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) दर्ता गरेको छ ।

जनता समाजवादी पार्टी (जसपा)बाट छुट्टिएर बनेको लोसपालाई राजनीतिक दल सम्बन्धी ऐन, २०७३ (दोस्रो संशोधन अध्यादेश, २०७८) को दफा ३३ बमोजिम दर्ता गरेर प्रमाण दिएको आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले सनाखतपछि दल दर्ता गरेर प्रमाणपत्र दिएको जानकारी दिए ।

ठाकुरको पार्टीको केन्द्रीय कार्यालय बबरमहल तोकिएको छ ।

सरकारले ल्याएको २० प्रतिशत केन्द्रीय सदस्य वा सांसद पुर्‍याएर दल विभाजन गर्नसकिने अध्यादेशअन्तर्गत जसपा फुटेर लोसपा र एमाले फुटेर माधव कुमार नेपालको नेतृत्वमा नेकपा (एस) दर्ता भएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);