राजपाद्वारा प्रतिनिधिसभा र प्रदेशसभाका लागि आयोगमा दल दर्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

राजपाद्वारा प्रतिनिधिसभा र प्रदेशसभाका लागि आयोगमा दल दर्ता

काठमाडौँ, १० भदौ । राष्ट्रिय जनता पार्टी नेपालले मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन लागि आज निर्वाचन आयोगमा दल दर्ता गराएको छ ।

 

राजपाको दल दर्ता नम्बर ५५ रहेको छ।  प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन मंसिर १० गते हुने सरकारले घोषणा गरिसकेको छ । पार्टी अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरको नेतृत्वको टोलीले निर्वाचन आयोगमा पुगेर दल दर्ता गराएको हो ।

 

निर्वाचन आयोगमा आजसम्म ५६ वटा दल दर्ता भइसकेको आयोगले जनाएको । प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ताको समयसिमा भदौ ११ गते आइतबारसम्म गर्न पाइने आयोगले जनाउँदै आएको छ ।

 

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);