मुलुक विश्व पूँजीवादको चपेटामा परेको भट्टराईको दावी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

मुलुक विश्व पूँजीवादको चपेटामा परेको भट्टराईको दावी

baburam bhattarai

नेपालमा आसेपासेलाई भर्ती गर्ने ‘काँठे पूँजीवाद’ मौलायो

काठमाडौं, १४ जेठ । नयाँ शक्ति पार्टी, नेपालका संयोजक एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुलुक विश्व पूँजीवादको चपेटामा परेको दावी गरेका छन् ।

संयोजक भट्टराईले विश्व पूँजीको चपेटाबाट मुलुकलाई मुक्त गर्न नयाँ बैचारिक धारको खोजी गर्न पनि पार्टीका युवा नेता, कार्यकर्तालाई आह्वान गरेका छन् । सोमबार पार्टीको राष्ट्रिय युवा अभियान अन्तरगतको भेलालाई काठमाडौंमा सम्बोधन गर्दै उनले राज्य पनि विश्व पूँजीको हावामा बहकिएको आरोप लगाए ।

उनले कमिसन लिएर आफ्ना आसेपासेलाई भर्ती गर्ने ‘काँठे पूँजीवाद’ नेपालमा मौलाएको उल्लेख गर्दै त्यसलाई निष्तेज पार्न ‘लोकतन्त्रमा आधारित समाजवाद’को विकल्प नभएको तर्क पेश गरे । संयोजक भट्टराईले हिजोको उदारबाद र माक्र्सवादले मुलुकलाई पूँजीबादको चपेटाबाट जोगाउन नसक्ने दावी गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);