सबै नागरिकलाई सैन्य तालिम दिनुपर्ने डा. भट्टराईको प्रस्ताव | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

सबै नागरिकलाई सैन्य तालिम दिनुपर्ने डा. भट्टराईको प्रस्ताव

baburam bhattarai

काठमाडौं, ३० पुस । नयाँ शक्ति पार्टी, नेपालका संयोजक डाक्टर बाबुराम भट्टराईले सबै नेपाली नागरिकलाई सैन्य तालिम दिनुपर्ने प्रस्ताव अघि सारेका छन् ।

पूर्व प्रधानमन्त्री समेत रहनु भएका डाक्टर भट्टराईले शक्ति राष्ट्रहरुको चपेटाबाट मुलुकलाई जोगाउन पनि सबै नागरिकलाई सैन्य तालिम दिनुपर्ने बताए । सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले अमेरिका, चीन, भारत लगायतका शक्ति राष्ट्रहरुले नेपाललाई गोटी बनाउन सक्ने उल्लेख गरे । भट्टराईले त्यसबाट सचेत रहन पनि १८ वर्ष उमेर पुगेका हरेक नागरिकलाई सैन्य तालिम दिन उपयुक्त हुने तर्क गरे ।

उनले अन्य देशसँगको आक्रमणबाट बच्नका लागि हतियार खरिद गर्नुभन्दा त्यसको लगानी नागरिकलाई गर्न सके मुलुकमा विकास र समृद्धिको अभियानले तीव्रता पाउने विश्वास व्यक्त गरेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);