विदेशमा रहेका सबै नेपालीलाई मतदानको व्यवस्था गर्न भट्टराईको माग | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८०, सोमबार

विदेशमा रहेका सबै नेपालीलाई मतदानको व्यवस्था गर्न भट्टराईको माग

baburam bhattarai

काठमाडौं, १९ भदौ । नयाँ शक्ति पार्टी, नेपालका संयोजक एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले विदेशमा रहेका सबै नेपाली नागरिकलाई मतदान गर्न पाउने व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

संयोजक भट्टराईले विद्युतीय संचार माध्याम वा सम्बन्धित देशका दुतावासमार्फत् विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको व्यवस्था गर्न उपयुक्त हुने सरकारलाई सुझाव दिएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सबै नेपाली नागरिकलाई मतदान दिन पाउने संवैधानिक अधिकारको प्रत्याभूति गराउने दायित्व सरकारको भएको उनले बताए ।

संयोजक भट्टराईले विदेशमा रहेका नेपाली नागरिकलाई सोही स्थानबाट मतदान गर्न पाउने गरी आवश्यक कानुनको व्यवस्था गर्न आफू लागिपर्ने प्रतिवद्धता व्यक्त गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);