डाक्टर भट्टराईद्धारा संविधान कार्यान्वयन हुनेगरी काम अघि बढाउन नसकेको आरोप | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

डाक्टर भट्टराईद्धारा संविधान कार्यान्वयन हुनेगरी काम अघि बढाउन नसकेको आरोप

baburam bhattarai

काठमाडौं, ९ बैशाख । नयाँ शक्ति पार्टीका संयोजक डाक्टर बाबुराम भट्टराईले सरकारले संविधान कार्यान्वयन हुनेगरी कानुन निर्माणको कामलाई अघि बढाउन नसकेको आरोप लगाएका छन् ।

सोमवार ललितपुरमा आयोजित एक कार्यक्रममा भट्टराइले संघ, प्रदेश र स्थानीय तहको अन्तरसम्बन्धलाई व्यवस्थित बनाउन सरकारले प्रस्ताव गरेको राष्ट्रिय समन्वय परिषद र प्रदेश समन्वय परिषद पनि व्यवहारिक नभएको दावी गरे । उनले संघ, प्रदेश र स्थानीय तहको सम्बन्धलाई बलियो बनाउने गरी कानुन निर्माण गरेर संघीयता कार्यान्वयनमा जोड दिन पनि सरकारको ध्यानाकर्षण गराए ।

कार्यक्रममा पूर्व सभामुख दमननाथ ढुंगानाले संघीयता कार्यान्वयनका लागि सरकारले सबै प्रदेशको सन्तुलित विकासमा जोड दिनुपर्ने आवश्यक्ता औंल्याए ।

कार्यक्रममा डाक्टर रुद्र शर्माद्वारा लिखित पुस्तक ‘नेपाल, भारत र अमेरिकामा संघीय विवाद निरुपण’ सम्बन्धि पुस्तक लोकार्पण गरिएको थियो । पुस्तकमा संविधान बमोजिम नेपालको संघीयतामा प्रदेश सरकारको भूमिका सशक्त हुनुपर्नेमा त्यसो हुन नसकेको उल्लेख गरिएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);