संविधान र राज्यको निर्देशक सिद्धान्त प्रतिकूल हुनेगरी कानुन निर्माण नगर्न आग्रह | ईमाउण्टेन समाचार

Our Network

चैत ५ २०८०, सोमबार

संविधान र राज्यको निर्देशक सिद्धान्त प्रतिकूल हुनेगरी कानुन निर्माण नगर्न आग्रह

law

काठमाडौं, १ साउन । नेपाल कानुन आयोगले संविधान र राज्यको निर्देशक सिद्धान्त प्रतिकूल हुनेगरी कानुन निर्माण नगर्न सरकार र संघीय संसद दुवैलाई आग्रह गरेको छ ।

नेपाल कानुन आयोगका अध्यक्ष माधवप्रसाद पौडेलले संघीय संसदको विधायन व्यवस्थापन समितिको बुधबारको बैठकमा कानुन निर्माण गर्दा संविधान र राज्यको निर्देशक सिद्धान्तको ख्याल राख्न पनि सरकार र संघीय संसदको ध्यानाकर्षण गराउनु भएको हो ।

उहाँले संघ, प्रदेश र स्थानीय तहको अन्तरसम्बन्धलाई समन्वयात्मक ढंगले अघि बढाउने गरी कानुन निर्माण गर्नुपर्ने पनि बताउनु भयो । विधेयकमा आएको अन्तरभावनालाई संघीय संसदले संविधान प्रतिकूल हुने गरी छलफल गर्न नहुने पनि अध्यक्ष पौडेलको भनाई छ ।

अध्यक्ष पौडेलले संघीय संसदले प्रदेश र स्थानीय तहसँग सहकार्य हुने गरी कानुन निर्माण गर्ने अधिकार रहेको पनि स्मरण गराउनु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);