'प्रदेश र स्थानीय तहले संविधान र संघीय कानुन प्रतिकूल हुनेगरी कानुन बनाए बदर हुन्छ' | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

‘प्रदेश र स्थानीय तहले संविधान र संघीय कानुन प्रतिकूल हुनेगरी कानुन बनाए बदर हुन्छ’

bhanubhakta dhakal

काठमाडौं, ९ जेठ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले प्रदेश र स्थानीय सरकारले संविधान र संघीय कानुन प्रतिकूल हुनेगरी कानुन बनाए बदर गर्ने चेतावनी दिनु भएको छ । मन्त्री ढकालले संविधान र कानुन विपरित चल्न नदिन प्रदेश र स्थानीय सरकारले सबै कानुनको कपी संघीय सरकारलाई अनिवार्य उपलब्ध गराउने व्यवस्था गरिएको पनि स्पष्ट पार्नु भयो ।

बिहीबार संघीय संसदको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले संविधान र संघीय कानुन विपरितका कानुन निर्माण गर्न पाउने भ्रममा नपर्न पनि प्रदेश र स्थानीय सरकारलाई सचेत गराउनु भयो । मन्त्री ढकालले सरकारले संविधान बमोजिमनै विधेयक निर्माणको काम गरिरहेको दावी पनि गर्नु भयो ।

मन्त्री ढकालले विधेयक निर्माणका लागि विज्ञहरुको सुझाव लिन पनि सरकार प्रतिवद्ध रहेको बताउनु भयो । उहाँले विधेयक निर्माणको कामलाई छिटो पूर्णता दिन पनि मातहतका सबै निकायलाई सचेत गराउनु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);