संविधानको धारामै टेकेर विधेयक ल्याउन माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

संविधानको धारामै टेकेर विधेयक ल्याउन माग

काठमाडौं, १९ भदौ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद जितेन्द्र नारायण देवले संविधानको धारा नै उल्लेख गरेर विधेयक ल्याउन सरकारसँग माग गर्नु भएको छ ।

पूर्व पर्यटन मन्त्री समेत रहनु भएका काँग्रेस सांसद देवले संविधानको धारा नै उल्लेख गरी विधेयक ल्याए त्यसमाथि प्रश्न गर्ने ठाउँ नै नरहने तर्क गर्नु भयो । बुधबार संघीय संसदको विधायन व्यवस्थापन समितिको बैठकमा पेश गरिएको ‘संघ, प्रदेश र स्थानीय तह (अन्तर सम्बन्ध व्यवस्थापन) विधेयक, २०७५’ माथिको दफावार छलफलमा भाग लिने क्रममा उहाँले संविधानको धारामै टेकेर विधेयक ल्याउन सके त्यसमाथिको आलोचना आफै हटेर जानेतर्फ पनि सरकारलाई सचेत गराउनु भयो ।

सत्तारुढ नेकपाका सांसद जीवन बुढाले संघ, प्रदेश र स्थानीय तहको कानुन निर्माण गर्ने सीमा निर्धारण तत्काल गर्न सरकारको गम्भिर ध्यानाकर्षण गराउनु भयो ।

उहाँले प्रदेश समन्वय परिषदको व्यवस्था संविधानमा व्यवस्था गरिएकाले विधेयकमा पनि त्यसलाई समावेश गर्न उपयुक्त हुने सुझाव दिनु भयो ।

यता, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले विधेयकलाई समृद्ध बनाएर कानुन बनाउने काममा सरकार प्रतिवद्ध रहेको बताउनु भयो । उहाँले सरकारले ल्याएको सबै विधेयकलाई समृद्ध बनाउन खुला छलफलमा भाग लिन पनि सरोकारवाला सबै निकायलाई आग्रह गर्नु भयो । मन्त्री ढकालले संविधानको परिधि भित्र रहेर सरकारले विधेयकहरु ल्याउने गरेको पनि स्पष्ट पार्नु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);