भरतपुर विमानस्थलको काम अगाडि बढाउन ढिला गर्नु हुँदैन : प्रचण्ड | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

भरतपुर विमानस्थलको काम अगाडि बढाउन ढिला गर्नु हुँदैन : प्रचण्ड

चितवन, १९ भदौ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुर विमानस्थलको काम अगाडि बढाउन ढिला गर्न नहुने बताउनु भएको छ ।

बुधबार भरतपुरमा आयोजित भरतपुर विमानस्थल विस्तार एवं सुधार सम्बन्धमा सरोकारवालाबीचको अन्तक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले चितवनमा दूरगामी महत्व राख्ने निकुञ्ज, पर्यटन क्षेत्र र देशकै केन्द्रबिन्दुमा रहेको विमानस्थल रहेकोले यसलाई यथाशिघ्र विस्तार गर्नुपर्नेमा जोड दिनुभयो ।

त्यसैगरी भरतपुर विमानस्थलको विस्तार एवं स्तरोन्नतिको काम एक हप्ताभित्र अघि बढाइने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले बताउनु भयो ।

विमानस्थल विस्तारको लागि उत्तरपट्टी रहेको सेनाको ब्यारेक र घोडा प्रजनन् केन्द्र स्थानान्तरण गरी यो काम अघि बढाइने मन्त्री भट्टराईले जानकारी दिनुभयो ।

उहाँले भरतपुर विमानस्थलको विस्तार एवं बन्दको विकल्प नभएको पनि बताउनु भयो । सो अवसरमा बोल्दै सेनाका क्षेत्र नम्बर तीनका पृतनापति ताराध्वज पाण्डेले विकासको लागि नेपाली सेना बाधक नहुने बताउनु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);