काठमाडौँ ।
सरकारले अगामी आर्थिक वर्षमा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतिको लागि १ अर्ब ५३ करोड बजेट विनियोजन गरेको छ । संघीय संसदको संयुक्त बैठकमा अगामी आर्थिक वर्षको बजेट प्रश्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो जानकारी दिनुभएको हो । उहाँले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण मोडालिटी छ महिनाभित्र यकिन गरिने समेत बताउनु भयो ।
उहाँले गौतमबुद्ध र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा निजी क्षेत्रसँग सहकार्य गरिने बताउनु भयो । भरतपुर विमानस्थललाई विस्तार गरी रात्रिकालीन उडान गरिने बताउनु भयो ।उहाँले प्रदेश सरकारसँगको सहकार्यमा सुर्खेत विमानस्थल विस्तार गरिने बताउनु भयो ।




