भरतपुर विमानस्थललाई मुलुककै नमुना बनाउनु पर्छ : योगेश भट्टराई | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८१, आइतबार

भरतपुर विमानस्थललाई मुलुककै नमुना बनाउनु पर्छ : योगेश भट्टराई

Yogesh-Bhattarai

काठमाडौं, १२ भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले मुलुककै नमुना आन्तरिक उडान गर्ने गरी भरतपुर विमानस्थलको स्तरवद्धिसंगै रात्रीकालिन उडान भर्ने बताउनु भएको छ । मन्त्री भट्टराईले विमानस्थल बारेमा जानकारी लिदै सरोकारवालासंगको छलफलमा विमान स्थलको धावन मार्ग विस्तारसंगै रात्रीकालिन उडान गर्ने गरी तयारी अगाडि बढेको जानकारी दिनु भयो ।

उहाँले तराई र पर्यटकीय एयरपोर्टलाई पहिलो प्रथाकिता राखेर काम गरेको भन्दै हप्ता १० दिनमा भरतपुर विमानस्थलका बारेमा सबै समस्या हल हुने बताउनुभयो । नेपाली सेनालाई उचित स्थानमा स्थानान्तरण गरी विमान स्थलको धावन मार्ग विस्तारको काम हुने बताउनु भयो ।

भरतपुर विमान स्थलको अवस्थाको बारेमा विमान स्थलका प्रमुख पवनकुमार गौतमले पर्यटन मन्त्रीलाई जानकारी गराउनु भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);