निजगढका उखु किसानहरु केरा खेतीतर्फ आकर्षित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

निजगढका उखु किसानहरु केरा खेतीतर्फ आकर्षित

kera kheti

श्याम गुप्ता

बारा, १२ भदौ । वर्षौंदेखि उखु खेती गर्दै आई रहेका बारा निजगढका उखु किसानहरु पछिल्लो समय केरा खेतीतर्फ आकर्षित भएका छन् । नगदे बालीको रुपमा हेरिने उखुको मूल्य चिनी मिलहरुले समयमा भुक्तानी नदिई किसानहरुलाई झुलाएर दुखः दिन थालेपछि किसानहरु उखुको विकल्पका रुपमा केरा खेतीतर्फ आकर्षित भएका हुन् ।

तीन चार दशक अघिदेखि उखु खेती गरिँदै आएको निजगढमा पछिल्लो एक दुई वर्ष यता करिब ९० प्रतिशत भु–भागमा केरा खेती हुन थालेको छ । व्यापारीहरुले किसानहरु कै खेतबारी र घरघरै पुगेर नगद भुक्तानीमा आफ्ना उत्पादन उठाई दिने र उखुमा भन्दा केरामा मुनाफा पनि बढी हुने हुँदा अहिले निजगढका किसानहरुको केरा खेती पहिलो रोजाईमा परेको छ । फागुन चैत्र महिनाबाट उत्पादन सुरु भई असोजसम्म उत्पादन दिने केरा खेतीबाट प्रति कठ्ठा वार्षिक ५० देखि ६० हजारसम्म आम्दानी हुने किसानहरु बताउँछन् । नौं कठ्ठामा केरा खेती गरेकी रेश्मा लामाले फागुन चैत्र महिनाबाट उत्पादन सुरु भई असोज सम्म उत्पादन दिने र प्रति हप्ता ३० देखि ४० हजारसम्मको केरा घरैबाट बिक्री हुने बताउनु हुन्छ ।

उखु खेती गर्दै आएका किसानहरुलाई चिनी मिलले समयमा पर्याप्त भुक्तानी नदिएकाले लामो समयदेखि उखु खेती गर्दै आएको निजगढमा किसानहरु केरा खेतीतर्फ आकर्षित भएको अर्का किसान भरत खड्काको भनाई छ ।

यता निजगढ नगरपालिकका प्रमुख सुरेश कुमार खनालले नेपाल सरकारले केरा खेतीमा दिएको २५ प्रतिशत विमा सुबिधाबाट बाँकी रहेको २५ प्रतिशतलाई नगरपालिकाबाट विमा सुबिधा उपलव्ध गराउने निर्णय भईसकेको जानकारी दिनुभयो । केरा खेतीबाटै निजगढमा बार्षिक वार्षिक २५ देखि ३० करोड रुपैयाँ निजगढ भित्रने गरेको मेयर खनालले बताउनु भयो ।

मालभोग केराको पकेट क्षेत्र मानिएको यस निजगढलाई सरकारले केरा जोनको रुपमा विकास गरी कृषि अनुदानमा सहजीकरण गर्न सके यहाँका किसानहरुको जिवन स्तरमा सुधार आउने विश्वास गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);