बाराका केरा किसान बिमा तर्फ आकर्षित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

बाराका केरा किसान बिमा तर्फ आकर्षित

बारा । बारा जिल्लाका केरा किसान बिमा तर्फ आकर्षित भएका छन् । जिल्लाको निजगढ नगरपालिकामा दुई वर्ष देखि सञ्चालन भएको बिमा कार्यक्रममा बिमा गर्नेको सख्या समेत बढ्दै गएको हो । दुई वर्ष देखि सञ्चालन भएको बिमा कार्यक्रम अन्तरर्गत निजगढमा करिब २ सय ४३ जना केरा किसानले बिमा गरि सकेको नगरपालिकाले जनाएको छ । बिमाको ७५ प्रतिशत नेपाल सरकराद्घार अनुदान दिईएको छ ।

किसानले २५ प्रतिशत तिनु पर्ने हुँन्छ । किसानले तिर्नु पर्ने २५ प्रतिशतमा १२।५ प्रतिशत निजगढ नगरपालिकाले थप अनुदान किसानलाई दिएसँगै निजगढका केरा किसानको बिम गर्ने संख्या बढेको निजगढ नगरपालिकाका सुचना अधिकारी रबिन घिमिरेले बताए । केरा किसानको प्रति कठ्ठा ६० बोट केराहरु बिमा गरिदै आएको छ । निजगढ नगर भित्र मात्रै गत आर्थिक वर्ष २०७६र२०७७ मा १ सय ३० जना कृषकहरुको करिब १ सय ४६ विगाह ५९ कठ्ठा ४२।२ धुर जमिनमा रहेको केरा बिमा गरिएको थियो ।

त्यस बेलामा नगरपालिकाबाट १० प्रतिशत अनुदान दिएको थियो । यस आर्थिक वर्ष २०७७र२०७८ मा करिब २ सय ४३ जना कृषकको करिब २ सय ९० विगाह १२ कठ्ठा १ धुर जमिनमा रहेको केरा बिमा गराई सकेका छन् । केरा रोपेको १५ दिन भित्र बिमा गराउँनु गर्ने हुँन्छ , पुरानो बोट केरा प्रति बोट रु।२ सय ३६।६१ मा बिमा गराईन्छ । भने नयाँ बोट प्रति बोट रु २ सय ८६।९१ रुपैयाँमा बिमा गरिदै आएको छ ।

किसानले यसको १२।५ प्रतिशत मात्रै तिनु पर्ने हुँन्छ । कति पय किसान बिमा प्रति आकर्षित भएकाले बिमाको प्रक्रियामा रहेका छन् । सुरुको पहिलो वर्षमा बिमा गर्न आनाकानी गरेका व्यवसायीहरुले पछिल्लो वर्ष भने केही खुलेर बिमा गर्न थालेका छन् । हावाहुरीसँगै आएको असिनाका कारण निजगढमा हजारौं हेक्टरमा लगाईएको कोरा खेती पूर्ण रुपमा नष्ट भएको थियो । करोडौंको केरा नष्ट भए पछि कृषक चिन्तित बनेका थिए ।

त्यस बेला केहि किसानले मात्र बिमा गराएका थिए । बाँकी किसानले बिमा नगराए कै कारण नैक्सानी भग्नु परेको थियो । क्षेतिको ९० प्रतिशत सम्म बिमाबाट रकम आउँने भए पछि केरामा अहिले जोखिम कम रहेका छ । अहिले नेपाल सरकारले केरा बिमामा ७५ प्रतिशत छुट दिएकोमा किसान खुशी छन् । त्यसमा निजगढ नगरपालिकाले १२।५ प्रतिशत दिए पछि किसान थप खुशी भएको केरा किसान हिरा थापा मँगरले बताए । बाराको निजगढ नगरपालिका केरा खेतीको लागि पटेक क्षेत्र हो ।

केरा ब्लकबाट बिकसित हुँदै केरा जोनको रुपमा स्थापित यस नगरपालिका भित्र मात्रै करिब १२ सय बिघा भन्दा बढी क्षेत्रफलमा किसानहरुले व्यावसायिक रूपमा केरा खेती गर्दै आएका छन् । अन्य बालीको तुलनामा खेती गर्न सजिलो , मिहेनत पनि कम र आम्दानी बढी हुँने गरेको किसानहरु बताउँ छन् । केरा व्यापारीहरुले खेत बारी मैं आएर उत्पादन उठाई दिने र हातोहात नगद पाईंने हुँदा यो व्यावसाय बाराको निजगढ र अन्य पालिकामा फस्टाउँदै आएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);