रवि लामिछानेको पक्षमा विशाल जनलहर, दलहरु झस्किए, सर्वसाधरण नयाँ नेतृत्वको खोजीमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

रवि लामिछानेको पक्षमा विशाल जनलहर, दलहरु झस्किए, सर्वसाधरण नयाँ नेतृत्वको खोजीमा

rabii

सीता शर्मा

काठमाडौं, १२ भदौ । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा हिरासतबाट रिहा भएका सञ्चारकर्मी रवि लामिछानेको अहिले चर्चा छ । लामिछानेको समर्थनमा मंगलबार चितवनमा देखिएको अपार जनसमर्थनलाई लिएर विभिन्न तरीकाले व्याख्या विश्लेषण गर्न थालिएको छ ।

एक सञ्चारकर्मीको समर्थनमा यसरी जनता सडकमा किन ओर्लिए ? लामिछानेको समर्थनमा देखिएको यो अपार जनसमर्थनलाई व्यक्तिको समर्थनका रुपमा मात्र नहेरी सरकार र नेताहरुप्रतिको चर्काे वितृष्णाको रुपमा समेत विश्लेषण गर्न थालिएको छ ।

माउन्टेन टेलिभिजनका पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा संचारकर्मी रविलाछानेसहित ३ जना पक्राउ परी प्रहरी हिरासतमा १० दिन बसे । लामीछानेको समर्थनमा चितवनमा दिनहुँ जसो सडकमा ठूलै विरोध प्रदर्शन जारी रह्यो । त्यो संगै उनको रिहाईपछी मंगलबार चितवनमा रविको समर्थनमा जनसागर नै उर्लियो । पहिले कमै चर्चामा रहेका रवि अहिले दिनदिनै निकै चर्चामा रहेका छन् । एक सञ्चारकर्मिको समर्थनमा देखिएको विशाल जनसभा र जनप्रदर्शनले राजनैतिक नेतृत्वलाई नै झस्काएको छ । राजनीतिक दलको नाममा हुने आमसभालाई नै चुनौती दिएको छ । यसले वर्तमान नेपाली जनताको मनोदशालाई चित्रण गरेको विश्लेषण गरिएको छ । सञ्चारकर्मि लामिछानेको समर्थनमा देखिएको जनलहर उनको एक कार्यक्रमको प्रभावले मात्र नभएर सरकार माथि देखिएको असन्तुष्टि र राजनीतिक नेतृत्व माथिको वितृष्णा भएको विश्लेषण गर्न थालिएको छ ।

विभिन्न राजनीतिक परिवर्तनमा ज्यानको बाजी लगाएर सडकमा उत्रिएका जनताले लोकतन्त्र आउँदा पनि परिवर्तनको महसुश गर्न सकेका छैनन् । बेरोजगार समस्या, बढ्दो महंगी, लगानीको वातावरण नबन्नु, रोजगारको लागि विदेशिनु पर्ने बाध्यता, परनिर्भरता, करमा भारी वृद्धि आदिले जनतामा निराशाको आक्रोश पैदा गराएको छ । आमजनताको जीवन स्तर कष्टकर हुनु र नेताहरुको जीवनशैली सुविधाभोगी हुंदै जानुले यो अवस्था ल्याएको हो । नेताहरु धनी हुँदै जानु, भष्ट्राचार र कमिसनको खेल नरोकिनु र जनताको मुद्धा ओझेलमा पर्दा अहिले नेतामा भन्दा संचारकर्मीमा जनभरोसा बढेको आभास गराएको छ । जनताको पक्षमा बोल्ने व्यक्तिसञ्चारकर्मि लामिछाने पछाडीको जनलहरले सर्वसाधारण नयाँ नेतृत्वको खोजीमा रहेका छन भन्ने बुझ्न कठिन छैन ।

बलात्कारपछी हत्या भएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्यारा सरकारले अझै पत्ता लगाउन सकेको छैन । जसमा प्रहरीको अनुसन्धान माथि नै ठुलो प्रश्न उठ्यो । यस्ता धेरै घटना छन् जसमा सरकारले निश्पक्ष छानविन गर्न नसकेको । जसले गर्दा निश्पक्ष न्याय पाउनेमा पनि जनताको विश्वास हराउदै गएकाले जनता सडकमा र्ओलिएको नागरीक अगुवा दिक्षितको बुझाई छ ।

विश्वमा यस्ता धेरै व्यक्तिहरु छन् जो जनताको भिडले जन्माएको छ । पार्टी र सरकारबाट विश्वास हराएपछी जनताले नयाँ व्यक्तिको खोजी पनि गर्न थालेको हुन्छ । सम्भवत नेपालमा एक सञ्चारकर्मि अथवा भनौ व्यक्तिको पछाडीको यो जनलहर पहिलो घटना हो । यसलाई सकारात्मक पनि मान्नु पर्दछ । तर सरकारसंग बढेको अविश्वास र राजनीतिक नेताहरुको व्यवहारबाट बढेको वितृष्णाले जनता विकल्प खोज्न बाध्य भए भने त्यो देशका लागी निकै खतरनाक हुने जानकारहरुको भनाई छ । यसलाई टार्न सरकार जनताको गाँस, बास, कपास र सुरक्षाप्रति संवेदनशीन हुन जरुरी देखिनेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);