बिरामीलाई औषधि नदिने बरु फाल्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

बिरामीलाई औषधि नदिने बरु फाल्ने

aausadhi

काठमाडौं, १२ भदौ । अर्घाखाँचीका ८१ बर्से नित्यानन्द पाण्डे मंगलबार लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्टको कार्यकक्षमा गुनासो गरिरहेका थिए। अस्पतालमा ज्येष्ठ नागरिक र विपन्नका लागि निःशुल्क औषधि पाइन्छ। तर उनले लगातार चार दिन धाउँदा समेत औषधि पाएका थिएनन्।

‘शुक्रबार आएँ पाइनँ, आइतबार र सोमबार पनि छैन भनेर फर्काए,’ उनले गुनासो गरे, ‘मंगलबार त औषधि आफैं किनेर खाऊ भन्दै बाहिर निकाले।’ उनले अस्पतालबाट औषधि नपाएको यो पहिलो घटना होइन। हाडजोर्नी दुखेर परीक्षणका लागि आएका पाण्डेले यही गुनासो प्रदेश ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालसँग पनि गरेका थिए। तर न औषधि नै पाए न त अस्पतालका कर्मचारीबाट ज्येष्ठ नागरिकप्रतिको सम्मान नै।

लुम्बिनी प्रादेशिक अस्पतालमा यी घटना सामान्य जस्तै भएका छन्। राजनीतिक दलका नेता, सांसद, कर्मचारी र डाक्टरका आफन्तबाहेक अरु विपन्न र ज्येष्ठ नागरिकले बिरलै औषधि पाउँछन्। अस्पतालले गत वर्ष मात्र ४५ लाखको औषधि ज्येष्ठ नागरिक र विपन्न समुदायका बिरामीलाई दिनका लागि खरिद गरेको थियो। यो समाचार आजको अन्नपुर्ण पोस्ट् दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);