हुम्लामा औषधि अभाव, बिरामी समस्यामा | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

हुम्लामा औषधि अभाव, बिरामी समस्यामा

सुर्खेत। ढुवानी समस्यका कारण हुम्ला जिल्ला अस्पतालमा औषधिको अभाव भएको छ । चालु आर्थिक वर्षमा औषधि खरिद तथा प्रदेशबाट आपूर्ति नहुँदा अभाव भएकाे हाे । उपचारका लागि अस्पताल आएका बिरामीहरू औषधिविनै फर्किने गरेका छन् ।  सिमकोट गाउँपालिका–८ का अनिल शाहीले अस्पतालमा औषधि नपाएर हैरान भएको बताइन् । भर्ना भएरै उपचार गरिरहे पनि औषधि भने बाहिरका निजी मेडिकल र फार्मेसीबाट ल्याउनु परेकाे उनले सुनाइन् । आफू जस्तैं सातजना बिरामी अस्पतालमा भर्ना भएर उपचार गरिरहे पनि सबैले औषधि बाहिरबाट किनेर ल्याउने गरेकाे सुनाइन् ।   स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेमबहादुर सिंहले अस्पतालमा औषधिको नभएको बताए  । अस्पतालको भण्डारमा औषधि नभएपछि बिरामीलाई चेकजाँच गरेर फिर्ता पठाउनु पर्ने अवस्था रहेकाे उनले बताए । विशेषगरी शल्यक्रिया गर्दा आवश्यक पर्ने औषधि, सुत्केरी गराउँदाका चाहिने औषधि, दम, निमोनिया, अन्य दीर्घरोगीले खाने औषधि नभएकाे उनले बताए । अस्पतालमा सबैभन्दा बढी प्रयोग हुने सिटामोल समेत केही दिनमै अभाव हुने उनले जानकारी दिए ।  यही अवस्था रहे अस्पतालले विनाऔषधि उपचार गर्नु पर्ने देखिएको छ। अस्पतालमा हालसम्म अघिल्लो आर्थिक वर्षको औषधि प्रयोग भइरहेको र नयाँ औषधि खरिद भएको भए पनि ढुवानी भएर आउन नसकेको बताए । अस्पतालको नाममा आएको १० लाख रुपैयाँबाट एक महिनाअघि औषधि खरिद गरेको तर ढुवानी समस्यले नेपालगन्ज नै रहेको बताए ।

नेपालगन्ज विमानस्थलमा सात क्विन्टल अत्यावश्यकदेखि सबै खाले औषधि खरिद गरेर राखिएको भए पनि ढुवानी हुन सकेको अस्पतालले जनाएको छ । एयरलाइन्सहरूसँग हारगुहार गर्दा पनि औषधि जस्तो संवेदनशील वस्तु समेत ढुवानी गर्न नमानेको आराेप छ । प्रदेश आपूर्ति केन्द्र सुर्खेतसँग दुई महिना अगाडि ७५ प्रकारका औषधि माग गरेर पठाए पनि अहिलेसम्म आउन सकेको छैन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);