जीवनरक्षक औषधिको चरम अभाव | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

जीवनरक्षक औषधिको चरम अभाव

aausadhi

काठमाडौं, ३१ भदौ । नेपाली औषधि बजारमा जीवनरक्षक औषधि अभाव भएको छ । औषधि आयातसम्बन्धी स्पष्ट पैठारी नीति नबनेकाले जटिल प्रकृतिका बिरामीलाई चाहिने अत्यावश्यक जीवनरक्षक औषधि अभाव भएको हो ।  बिरामीको अत्याधिक चाप हुने सरकारी तथा निजी अस्पतालमा जीवनरक्षक औषधिहरूको दर्ता प्रक्रिया सहज नहुँदा अभाव हुने गरेको छ ।

नेपाल औषधि व्यवसायी संघका अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठले सरकारी अस्पतालमा जीवनरक्षक औषधिहरूको चरम अभाव देखिएको बताए । उनले भने, ‘यसका लागि औषधि व्यवस्था विभागलाई घचघचाइरहेका छौं । विभागले छिटोभन्दा छिटो जीवनरक्षक औषधिका लागि नियम र प्रावधानमा सहजीकरण गर्नुपर्छ ।’

सरकारी अस्पतालमा इन्जेक्सन एट्रोपिन, इन्जेक्सन एड्रेनालिन, इन्जेक्सन सोडियम बाइकार्बोनेट, इन्जेक्सन क्याल्सियम ग्लुकोनेट, इन्जेक्सन पोटासियम क्लोराइड, इन्जेक्सन भिटामिन ‘के’लगायतका अत्यावश्यक जीवनरक्षक औषधिको अभाव देखिएको छ ।

दर्ता प्रक्रिया झन्झटिलो हुँदा बिरामी मारमा

मुख्यतः मुटुको चाल अत्यन्तै कम भएको बेला, शरीरमा क्याल्सियमको मात्रा न्यून भएको बेला र शरीरमा पोटासियमको मात्रा तलमाथि भएको बेला प्रयोग हुने इन्जेक्सनको अभाव भएको हो । यस्तै, विष सेवन गर्नेलाई बचाउन प्रयोग हुने औषधिको पनि अभाव छ भने अत्याधिक एलर्जी भएर शरीरमा गम्भीर समस्या उत्पन्न हुन नदिन प्रयोग हुने औषधिसमेत अभाव भएको चिकित्सकले बताएका छन् ।
विभागका निमित्त महानिर्देशक पानबहादुर क्षेत्रीका अनुसार जीवनरक्षक औषधिहरूको दर्ता प्रक्रिया सहज बनाउने निर्णय भएको भन्दै कार्यान्वयनमा आउने बताए ।

उनले भने, ‘एक सय एमएल वा सोभन्दा माथिका लार्ज भोलुम प्यारेन्टेरेल्सहरू दर्ता हुने गरेको छ । तर, क्रिटिकल केयरका लागि प्रयोग हुने एक सय एमएल वा सोभन्दा कम भोलुम भएकाहरू दर्ता हुँदैनन् त्यसैले औषधि पैठारीसम्बन्धी नीति सहज बनाउन आवश्यक देखिन्छ ।’यो समाचार आजको राजधानी दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);